थप ५९३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५, डिस्चार्ज संख्या २ हजार ६९८

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म २ हजार ६९८ पुगेको छ । त्यस्तै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २७ जनाको पुगेको छ । बागमती प्रदेशको रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको छ ।

Facebook Comments Box