ताला लगाएको घर संख्या बढदै, यार्सा संकलनमा सपरिवार लेकतीर उकालो लागे

खवर पाटी (खोज खबरको अभियान)

बझाङ । बझाङ जिल्लामा प्रशासनले यार्सा संकलन गर्न रोक लगाएपनि लुकि छिपी यार्सा संकलन गर्न जानेहरु गाउँ छाड्दैछन् ।

जिल्लाको सुर्मा गाँउपालिका लगायत अन्य स्थानीय तहबाट यार्सा संकलन गर्न जानेक्रम बढेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाको सुर्मा गाँउपालिकाका अधिकांश युवाहरु सपरिवार यार्सा संकलनका लागि लेकतीर उकालो लागेका छन् । गाउँमा ताला लगाएको घरको संख्या बढदै गएको छ ।

यार्साबाट राम्रो आम्दानी हुने स्थानियको भनाई छ । ३ महिना यार्सा संकलन गरेरपछि बर्ष भरी बालबालिकाको पढाई खर्च, दैनिक उपभोग्य बस्तुहरु समेत खरिद गर्न सकिने भएकाले पनि यहाँका स्थानीय अहिले लेक तिर उकालो लाग्न थालेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद निर्णयले यार्सा संकलनमा रोक लगाएको भएपनि यहाँका स्थानीयको मुख्य आय स्रोतको माध्यम यार्सा भएकाले लुकिछिपी यार्सा संकलन गर्न जाने गरेका छन् । गाँउपालिका, प्रशासन , डिभीनज बन कार्यलय लगायतले समेत यार्सा संकलन नगर्न पटक पटक आग्रह गर्दै आएको छ ।

जिल्लाको सुर्मा गाँउपालिकाका अधिकांश युवाहरु सपरिवार यार्सा संकलनका लागि लेकतीर उकालो लागेका छन् । गाउँमा ताला लगाएको घरको संख्या बढदै गएको छ

यार्सा संकलन नगरे जिल्लाको सुर्मा, साईपाल लगायत अन्य स्थानीय तहहरुमा भोकमरी हुने भएका कारण यहाँका स्थानीय बासिन्दाहरु भागेर लेक तीर लागेको जनप्रतिनीधीहरु स्वीकार्छन् । सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले गाँउपालिका भरी तत्कालका लागी यार्सा संकलन नगर्न भन्दै सबै गाँउ टोलमा माईकिङ समेत गरेको बताए । यार्सा संकलन नगरे कसैको घरमा समेत एक छाक खान धौ धौ हुने अवस्था सृजना हुने भएपछि उनीहरु यार्सा संकलन गर्न गएको उनको भनाई छ । यार्सा संकलन गर्दा सामाजिक दुरी कायम हुने भएकाले कोरोनाको जोखिम कम हुने उनको बुझाई छ ।

यता डिभिजन बन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर कठायतले भने अहिले यार्सा संकलन गर्ने सिजन नै भएका कारण यहाँका अधिकांस ब्यक्ति यार्सा संकलन गर्न लेक गएका स्वीकार्छन् । यार्सा संकलन खुलाउन सरकारलाई डिभिजन बन कार्यलयले पत्राचार समेत गरेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले यार्सा संकलन गर्न हिँडेका नौ जनालाई प्रहरी परीचालन गरी पक्राउ गरेर डिभिजन बन कार्यलयमा कार्वाहीका लागी पठाईएको बताउछन् । अहिले पनि जिल्लाबाट प्रहरी परिचालन गरिएको उनको भनाई छ । ‘नियम विपरीत जाने जोकोहीलाई पनि प्रचलित ऐन अनुसार कार्वाही हुन्छ ।’ उनले भने । राजधानी

Facebook Comments Box