‘एमसीसी खारेज हुनपर्छ भन्ने बुझाइमा म अडिग छु ।’ – नेतृ सिंह

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेतृ पञ्चा सिंहले कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुने धारणा व्यक्त गरेका छन् । कुराकानीमा उनले एमसीसी लागु गरिए नेपाल अमेरिकाको गुलाम बन्ने बताए ।

‘एमसीसी खारेज हुनपर्छ भन्ने बुझाइमा म अडिग छु । एमसीसीरुपि अमेरिकन बल्छी हाम्रो असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाधीनताको बर्खिलापमा छ ।’ उनले भने, ‘यो विषयमा पार्टीका मुख्य नेतृत्व अझ बढि स्पष्ट देखिएका छन् ।’

पार्टीका बहुमत नेतृत्व एमसीसीको विपक्षमा रहेको भन्दै उनले यो इन्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गतको सहयोग भएकाले कुनै हालतमा सार्वभौम नेपाली जनताले स्वीकार गर्न नसक्ने धारणा व्यक्त गरे ।

‘नेकपाका बहुमत नेतृत्वले एमसीसी नेपालको हितमा नभएको कुरा बताइरहनु भएको छ । तसर्थ पार्टीको बैधानिक निकायले एमसीसी खारेजीको लागि जनअपेक्षा अनुसारको निर्णय गर्नेछ भन्ने कुरामा विश्वस्त छु । पार्टी नेतृत्व र पार्टी पद्धति प्रति अटुट विश्वास कायमै छ र रहिरहने छ।’ उनकाे भनाइ छ । नयाँ समाज

Facebook Comments Box