मोहमद ईस्तियाक राईद्धारा संसद कोषको रु १ करोड ५० लाख भेरी अस्पतालमा उपकरण खरिदमा दिने निर्णय

खवर पाटी (खोज खबरको अभियान)

नेपालगन्ज १४ असार :  पूर्व मन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद मोहमद ईस्तियाक राईले संसद विकास कोषको रु १ करोड ५० लाख भेरी अस्पतालमा भेन्टीलेटर र अन्य उपकरण खरिदका लागि दिने निर्णय गरेका छन् ।

कोरोना भाइरस ( कोभिड–१९) का कारण बाँके क्षेत्र नंं. २ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रभावित भएको थियो । १ करोड ५० लाखका तीन योजनाको कोेरोनाका कारण ठेक्का सम्झौता हुन सकेका थिएनन् ।

प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री राईको संयोजकत्वमा आईतवार बसेको कार्यक्रम निर्देशक समितिको बैठकले कोरोनाका कारण हुन नसकेका कार्यक्रम संशोधन गरी उक्त रकम अस्पताललाई दिने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार, उक्त कार्यक्रमको डेढ करोड रकम भेरी अस्पतालको आइसोलेशनबाट भेन्टीलेटर र अन्य उपकरणका लागि खर्च गरिने छ । नयाँ कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका मार्फत सन्चालन हुने बैठकले निर्णय गरेको छ ।

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्र्तगत २०७६ कात्र्तिक महिनामा ५ करवला, कब्रस्तान, मदरसाको पूर्वाधार निर्माण आयोजना नेपालगन्ज उपमहानगर–२१ बीर्ता गाउँका लागि ठेक्का सम्झौता भएको थियो ।

रु ५० लाखको ठेक्का भए पनि सम्झौता हुन सकेको थिएन ।
यि बाहेक डुडुवास्थित बालसुधार गृह स्तरोन्नती र एम्बुलेन्सको योजना भए पनि कोभिडका कारण ठेक्का सम्झौता भएन । त्यस्तै अर्को एक योजना गरी रु १ करोड ५० लाख अब भेरी अस्पतालमा भेन्टीलेटर र अन्य उपकरण खरिदका लागि खर्च गरिने छ । – अर्थपेज

Facebook Comments Box