सबैले दही चिउरा खाएर असार १५ मनाउँदै

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार १५ । असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।
दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुन्छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

पूर्वीय दर्शन अनुसार मनाउदै आएका प्राय हरेक पर्वहरुले मानिसलाई प्रकृतिसंगको सामिप्यको बोध गराउछ भने मानव स्वास्थ्यका हिसाबले पनि अति हितकर हुन्छ ।

Facebook Comments Box