काठमाण्डौमा मात्रै १८ जनामा कोरोना पुष्टी, आज ४ सय ७३ संक्रमित, कुल १४ हजार ५ सय १९ पुगे

खवर पाटी (खोज खबरको अभियान)

असार १८ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ४ सय ७३ संक्रमित थपिएका छन् । यस मध्य एक सय ९ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज देशभर २५ वटा प्रयोगशालामा भएका ४ हजार ५ सय ३७ जनामा परीक्षणका क्रममा ती संक्रमित भेटिएका हुन् ।

यो सगैँ देशभर अहिले सम्म कुल संक्रमित १४ हजार ५ सय १९ पुगेको छ । आज काठमाण्डौमा मात्रै १७ महिला र एक पुरुष गरी १८ जना कोरोना संक्रमित थपिएका छन् ।

अहिले आईसोलेसनमा १० हजार एक सय ३७ रहेको छ भने ३८ हजार १ सय ९जना क्वारेन्टाईनमा रहेका छन् ।

काठमाण्डौमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रममा रहेको छ ।

आज सम्म कोरोनाबाट ३० जनाको मृत्यु भईसकेको छ भने डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । आज मात्रै ६ सय ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

Facebook Comments Box