नवलपरासी पुर्ब पश्चिम अनुगमन आयोगले बुझायो प्रतिबेदन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालमा कोरोना प्रकोप बढे संगै मुस्लिम समुदायप्रति बिभिन्न भ्रम फैलाए पछि बैशाख ८ गते संबैधानिक मुस्लिम आयोगले देशैभरीका मस्जिद मदर्सा जिल्ला स्तरीय अनुगमन समिति गठन गरेको थियो ।

अनुगमन समिति मध्य पुर्बि नवलपरासी र पश्चिम नवलपरासी जिल्लाले आज ज्वालाखेल स्तिथ मुस्लिम आयोगमा आयोग अध्यक्ष शमिम मिया अन्सारीलाइ दुइ जिल्लाको प्रतिबेदन बुझाएको छ । दुइ जिल्लाका संयोजक बि बि खरालले आयोग अध्यक्ष शमिम मिया अन्सारीलाइ बिशेष धन्यवाद दिदै मुस्लिम आयोगले गठन गरेको अनुगमन समितिले मुस्लिम समुदायलाइ ठुलो राहत दिएको र सहि समयमा सहि निर्णय आयोग अध्यक्ष ले लिएको बताउदै मुस्लिम समुदाय लाइ लक्षित गर्दै गरिएको कु प्रपोगाण्डा लाइ बिफल पार्न आयोग सफल भएकोमा आफु र समग्र नेपाली जनता खुसि भएको बि बि खरालले बताएका छन्।

आयोग अध्यक्ष शमिम मिया अन्सारी ले देशभरिनै उतकृष्ट अनुगमन गरेको भन्दै अनुगमन समिति संयोजक बि बि खराल र समग्र सदस्यहरुलाइ बिशेष धन्यवाद दिएका छन । आयोग अध्यक्ष शमिम मिया अन्सारीले अनुगमन समितिले बिशेष जिम्मेवारी लिएर काम गरिरहेको र यसले समग्र मुस्लिम समुदाय को रक्षा गर्दै नेपाली राष्ट्रीयता लाइ मजबुत पार्न र बिदेशी षडयन्त्रलाइ बिफल पार्नुहुने जिल्ला स्तरीय अनुगमन समिति सदस्यहरुको कामप्रति आफु एकदमै खुसी भएको र सम्पुर्ण साथिहरुलाइ बिशेष धन्यवाद दिएका छन ।

Facebook Comments Box