अविरल वर्षासँगै सप्तकोशी नदीमा बहाव बढ्न सुरु, कोशी ब्यारेजका ३८ ढोका खुल्ला

खवर पाटी (खोज खबरको अभियान)

सप्तरी । पहाडी क्षेत्रमा जारी अविरल वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु गरेको छ । शुक्रबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव २ लाख ५४ हजार ६ सय १५ क्वूसेक प्रति सेकेन्ड पुगेको हो । यो बहाव सप्तकोशी नदीमा यो वर्षकै उच्च रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ३८ वटा ढोका खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव अरु बढेमा ढोका खुल्लाको सख्या अवस्था हेरेर बढाइने डिएसपी तिलक भारतीले बताए ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारण र आसपासका बासिन्दालाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ति बाल्ने गरिन्छ । यसरी पानीको बहाव २ लाख ५४ हजार ६ सय १५ क्यूसेक प्रतिसेकेन्ड पुगिसकेकाले पश्चिमतर्फ रातो बत्ति बालिएको कोशी ब्यारेज सुरक्षार्थ खटिएका असई कुलबहादुर खत्रीले जानकारी दिएका छन् ।

पानीको बहाव ३ लाख काट्ना साथ अति खतराको संकेत रुवरुप रातो झण्डा झुन्ड्याउने गरिएको उनको भनाई छ ।

Facebook Comments Box