चीनद्धारा २० करोडको संख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन प्रक्रियाको थालनी

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । चीनले ठूलो मात्रामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनको तयारी थालेको छ । रोयटर्सका अनुसार क्यानसिनो बायोलोजिकल नामक कम्पनीले रुस, ब्राजिल, चिली र साउदी अरबसँग चीनले छलफल गरिरहेको छ । चीनले ठूलोमात्रामा भ्याक्सिनको परीक्षण गर्नका लागि छलफल गरिरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सरकारले आफ्नो देशमा कोरोना संक्रमण निकै कम भएको जनाएको छ । त्यसैले भ्याक्सिनको क्लिनिकल ट्रायल चीनले आफ्नो देशमा गर्न सक्दैन । तेस्रो चरणमा पुगेका परीक्षणहरुका लागि संक्रमण धेरै भएका देशमा क्लिनिकल ट्रायल गर्नुपर्छ ।

अहिले अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै संक्रमित देश हो । त्यसैले ब्राजिल नै क्लिनिकल ट्रायलका लागि राम्रो ठाउँ हुनसक्छ । क्यासिनो बालायोलीका को-फाउण्डर किऊ डोङ झूले विदेशमा क्लिनिकल ट्रायलका लागि भइरहेको प्रयासका विषयमा जानकारी दिएका छन् । उनले छिट्टै तेस्रो चरणको क्लिनिकल ट्रायल हुने बताए । तेस्रो चरणमा ४० हजार व्यक्तिमा भ्याक्सिनको डोज दिइने उनले बताएका छन् ।

क्यानसिनो बायोलोजीले एडिफाइभ ए५-एनकोभ नाममा भ्याक्सिन तयार गरेको छ । यो पहिलो पटक मानिसमा परीक्षण गरिएको संसारकै पहिलो भ्याक्सिन हो । यसअघि चिनियाँ कम्पनीले उत्पादन गरेको भ्याक्सिन पहिलो पटक तेस्रो चरणको क्लिनिकल परीक्षणमा छ । तेस्रो चरणमा प्रवेश गरेका संसारकै तीन भ्याक्सिनमा चीनका दुईवटा छन् ।

यो भ्याक्सिन दोस्रो चरणमा ५ सय ८ जनामा क्लिनिकल परीक्षण गरिएको थियो । अब तेस्रो चरणमा यो कम्पनीले रसिया, ब्राजिल, चिली र साउदी अरबमा क्लिनिकल परीक्षणका लागि तयारी गरिरहेको छ । यो कम्पनीले मात्रै २० करोड भ्याक्सिन उत्पादन प्रक्रिया पनि थालेको छ ।

Facebook Comments Box