निश्चित गन्तव्यबाट सीमित अवधिका लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले निश्चित गन्तव्यबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि छलफल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही गन्तव्यबाट नियमित उडान गर्न सकिन्छ कि भनेर छलफल भइरहेको जानकारी दिएका छन् ।

विभिन्न मुलकमा स्वदेश फिर्ताका लागि ५० हजार भन्दा धेरै नेपाली विमानको पर्खाइमा रहेकाले सरकारले निश्चित गन्तव्यबाट सीमित अवधिका लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

अहिलेसम्म विभिन्न देशबाट लकडाउनपछि झण्डै २२ हजार नेपाली स्वदेश फर्किएका छन् । पर्यटन मन्त्रालयले सम्बन्धित देशको आन्तरिक नीतिलाई हेरेर कुन कुन देशमा हवाई उडानको सम्भावना रहेको छ भन्ने कुराको पनि अध्ययन गरिरहेको लामिछानेले बताएका छन् ।

सोमबार र मंगलबार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाटर्ड उडान नहुने भएको छ । उद्दारमा खटिका उडान कर्मचारीलाई आराम दिन र विमानस्थलको सरसफाइका लागि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box