काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण नेपालमा प्राकृतिक प्रकोप बढेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भारतले आफू अनुकूल हुने गरी सीमामा बाँध बनाउँदा नेपालमा बाढीपहिरोले वितण्डा मच्चाएको बताए । उनले सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक किसिमको राजनीतिक हस्तक्षेप नै रहेको दाबी गरे ।
गृहमन्त्री थापाले नेपाल सरकारले पटकपटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले अटेर गरेको आरोप लगाए । ‘सरकारले पहल नगरेको होइन,’ उनले भने, ‘उनीहरुले आफ्नो हितमा काम गर्दा हामीलाई समस्या भयो ।’
उनले बाँधको समस्याबारे भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला पनि उठाइएको, समस्या समाधान गर्ने विषयमा प्राविधिक कार्यदल गठन पनि भएको तर कार्यान्नयन नभएको बताए ।
Facebook Comments Box