१ सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगे

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं, असार ३१। नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको छ ।
कोरोनाबाट हाल सम्म ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २५ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ६ सय ९७ जना डिस्चार्ज भएका छन् ।
नेपालमा अहिले क्वारेन्टाईनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने आईसोलेसनमा ६ हजार एक सय १३ रहेका छन् ।

Facebook Comments Box