रामेछापबाट आजदेखि राष्ट्रिय परिचयपत्रको लागि व्यक्तिगत विवरण दर्ता कार्यक्रम सुरु

खवर पाटी (खोज खबरको अभियान)

रामेछाप : जिल्ला प्रशासन कार्यालय रामेछापबाट आजदेखि राष्ट्रिय परिचयपत्रको लागि व्यक्तिगत विवरण दर्ता गर्ने कार्यक्रम सुरु हुने भएको छ। पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउन आउने नागरिकको व्यक्तिगत र जैविक विवरण संकलन गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत राम प्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार अन्य इच्छुक व्यक्तिहरुले समेत विवरण दर्ता गराउन सक्ने छन्। भट्टराईले भने, आजदेखि जारी भएको तथा पहिले जारी भई सकेको आफ्नो नागरिकता लिई यस कार्यालयको राष्ट्रिय परिचयपत्र दर्ता कक्षमा आई तोकिएको ढाँचामा आवश्यक विवरण दर्ता गर्न सकिनेछ।’  विवरण दर्ता र कागजात राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाई, कार्ड तयार भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित व्यक्तिलाई वितरण गरिने भएको छ।

१६ वर्ष उमेर पुरा भएपछि नेपाली नागरिकताको प्रमाण पत्र लिएकाले मात्रै राष्ट्रिय  परिचयपत्र पाउनेछन्। राष्ट्रिय परिचयपत्र परिचयपत्रमा नागरिकको तीनपुस्ते विवरण समेटिनेछ। साथै व्यक्तिको शैक्षिक योग्यता, पेसा, जाति/धर्म, ठेगानालगायत विवरण पनि राखिनेछ। परिचयपत्र पाएपछि नागरिकले अन्य कुनै कागजात बोक्नु पर्ने छैन। व्यक्तिगत तथा जैविक विवरण रहने राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्डमा १० डिजिटको नम्बर हुनेछ।

  • अन्नपूण पोष्ट
Facebook Comments Box