नेपाली खेलकुदको बिकास, राखेपलाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार रहनेछु -उपाध्यक्ष कोईराला

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला ूज्वालाू र सदस्य सचिव रमेश कुमार सिलवालले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ। खेलकुद मन्त्री जगत बहादुर बिश्वोकर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो। सपथ ग्रहण समहरोहमा आफ्ना प्रतिबद्धता भनाई राख्दै नवयुक्त उपाध्यक्षले आफु नेपाली खेलकुद को बिकास र खेलकुदलाई मर्यादित खेलाडी मैत्री बनाउन बफादार रहने बताउनु भएको छ।

राखेपलाई खेलाडी मैत्री बनाउनु पर्ने आजको आवश्यकता देखिएको छ। यो हामीबाट सम्भव रहेको वहाले बताउनु भयो। मलाई यस स्थानमा पुर्याउन सहयोग गर्ने सम्पुर्ण पार्टीका नेत्रित्व, खेलकुद मन्त्री, खेलाडी र शुभचिन्तकहरुमा अभार ब्याक्त समेत गर्नु भएको छ। नेपाल सरकारको निर्णय मार्फत मलाई राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएकोमा नेपाल सरकार तथा यसका निमित्त सरकार समक्ष सिफारिस पेस गर्नुहुने माननिय युवा तथा खेलकुद मन्त्रि ज्युप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु ।

खेलकुद मन्त्रालय परिवारप्रति सादुभाव पेस गर्दछु । मलाई पार्टी को खेलकुद क्षेत्रको नेतृत्व गर्ने स्थानमा पुर्याउने मेरो पार्टी र पार्टी नेतृत्वप्रति वफादार रहिरहने प्रण गर्दछु। वहाँ खास गरी खेलकुद क्षेत्रका मेरा आदरणीय अग्रजहरु जसले मलाई उच्च मनोवल सहित सधै यसल्ट ग्रुपको नेतृत्व गरिरहोस भन्ने चाहनु हुन्छ उहाहरु पर्ति विजयको समाचार सुनाउने आतुरता म मा सधै रहिरहने नै छ। समग्र खेलकुद क्षेत्रमा आवस्यक आमुल परिवर्तन हाम्रै पालामा सम्भव छ भनेर मलाई घचघचाई रहने मेरो समेत जिम्मेवारी रहेको खेलकुद महासॅघ परिवारको कुशल प्रतिनिधित्व गर्नेछु भन्न चाहन्छु। मलाई फोन, एसएमएस, पोष्ट लगायत हरेक श्रोत तथा माध्यम मार्फत सुभकामना दिनुहुने हजुरहरु सवैको शुभकामनालाई खेलकुद क्षेत्रको सुधारका निमित्त उच्च मनोवल वनाउने मन्त्र को रुपमा लिदै हार्दिक धन्यवाद पेश गर्दछु । समग्र खेलकुद परिषद परिवार र राष्ट्र भरिका खेलकुद कर्मिहरु सधै मेरा लागि पाठशाला रहिरहनु हुनेछ ।

Facebook Comments Box