राप्रपाका पूर्व महामन्त्री सुनिल वहादुर थापा नेपाली काँग्रेसमा किन प्रवेश गर्नु भयो । त्यो उहाँको आन्तरिक विषय हो । तर हामीले भन्नु पर्दा उहाँ राप्रपामा रहनु पथ्र्याे । राप्रपामा रहेरै उहाँले आफ्नो राजनीति भविष्य निर्माण गर्नु भएको थियो । राजनीतिक उचाई निर्माण गर्नु भएको थियो । अचानक उहाँ काँग्रेसमा प्रवेश गर्दा हामी आश्चर्य चकित भएका छौं । राप्रपा स्थापना पनि उहाँको पिता पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाले नै गर्नु भएको हो । तर आज सुनिलजीले त्यो कुरा बिर्से झै छ । उहाँले पिता कै विरासत थाम्नु पथ्र्याे । त्यसैले राप्रपामै रहनु पथ्र्याे । राजनीतिमा आरोह अवरोह उतार चढाव भइरहन्छ । यो यस्तो राजनीतिक कुरा सुनिल बहादुर थापाले बुझ्नु पथ्र्याे । राप्रपामा रहेर उहाँले माथिल्लो पद पनि विगतमा पाएकै हो । अहिले पनि राप्रपाले उहाँलाई उचित स्थान दिएकै थियो । उहाँलाई आफ्नो मातृ पार्टी राप्रपामा पूनः फर्कन म आग्रह गर्दछु । उहाँ पूनः राप्रपामा फर्कनु भयो भने त्यो उहाँको पिताप्रतिको पनि सम्मान हुनेछ । उहाँको स्वर्गीय पिताको समेत आत्म शान्ति समेत हुनेछ ।
राप्रपाको वर्तमान खिचलो
राप्रपामा राजनीतिक शैद्धान्तिक विषयमा कुनै विवाद छैन । राप्रपाको मुख्य उद्देश्य समबद्र्धनवाद र उदारवाद हो । र, प्रजातान्त्रिक मूल्य मान्यतामा रहेर पार्टी संचालन भइरहेको छ । यस भित्र सामाजिक न्यायप्रति अग्रगामी विचार लिएकै छ । यसलाई अझ प्रष्ट पार्नका निमित्त पार्टीभित्र गम्भीर छलफल र बहस हुन नसकेको मात्र हो । किन भने यो पार्टी वैकल्पिक प्रजात्रान्त्रिक शक्तिका रुपमा स्थापित हुने क्रममा छ । अहिले मुलुकले वैकल्पिक राजनीतिक शक्तिको माग गरेको छ । त्यसको निमित्त हामे विभिन्न कारणवस राप्रपाबाट अलग भएका हामी अहिले एक ठाउँमा उभिएका छौ । र हामीले नै जनताको चाहना अनुसार वैकल्पिक शक्तिको रुपमा रहने छौ भन्ने भविष्यले देखाउने छ । राजनीतिमा आउने जाने क्रम रहिरहन्छ । जहाँ सम्म हाम्रो पार्टीको नेतृत्व वर्गको कुरा छ, हाम्रो पार्टीका नेतृत्व वर्गमा चाहे राजनीतिक अनुभव, प्रजातान्त्रिक मूल्य मान्यताको आधार होस, चाहे लोकतन्त्र, या गणतन्त्र होस्, यी सबै राजनीतियुक्त अनुभव राप्रपाका नेतृत्वमा छ । राप्रपामा यति वेला कमल थापा, पशुपति समशेर राण र डा. प्रकाश चन्द्र लोहनी त्रय नेताको ती खम्बे नेतृत्व छ । अब नयाँ राजनीतिक विचार, उदारवादका साथै समबद्र्धनवादलाई अझै नयाँ उचाईमा पु¥याएर राप्रपा नेपाली समाजमा स्थापित हुनेछ । राप्रपाका नेताहरु राष्ट्रिय मुद्दा उठाउन चुक्नु हुन्न, चाहे कालापानी होस् चाहे एमसिसी होस्, यि सबै विषयलाई उठाउन राप्रपाका नेताहरु एक कदम अघि सर्नु पर्छ । विगतलाई हेर्ने हो भने राप्रपाले मुलुकका जल्दावल्दा समस्यामा नेतृत्व लिएको थियो । अब पनि राप्रपाले विगत दोहोराउनु पर्छ । विगत र वर्तान हेर्ने हो भने राप्रपा जनताको पार्टी हो । यसको लागि राप्रपा जनतामाझ जान राप्रपाका नेता–कार्यकर्ताले अग्रणी भूमिका निर्वाह गर्नु पर्छ ।
त्यसो त मुलुकले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कै नेतृत्वमा बलियो सरकार निर्माण गर्ने सुनौलो अवसर पाएको थियो तर सरकारको नेतृत्वको कारणले यतिबेला सत्तारुढ दल नेकपा राजनीतिक किचलोमा ग्रस्त छ । यो अवस्था विकसित भयो भने मुलुकले ठूलो राजनीतिक दुर्घटनाको सामना गर्नु पर्ने हुन्छ । र यसको निकास राजनीतिक तबरबाटै गर्नुपर्ने हुन्छ । यसमा सत्तारुढ दलनै मुख्य जिम्मेवार हुनेछ । देश र जनता प्रति सबैभन्दा पहिला देशको प्रमुख सत्तारुढ दलनै गम्भीर हुनुपर्छ ।
समाधानको बाटो
पार्टीभित्र विभिन्न निकायहरु छन् । यसमा संगठन विस्तारका लागि संगठन विभागको ठूलो भूमिका हुन्छ । यसलाई क्रियाशिल गर्नु जरुरी छ । यसै गरी विभागहरु तदारुकताका साथ कार्यान्वयन गर्नु जरुरी छ । दुई पार्टी भर्खर एक हुँदै छ । देशको परिस्थितिले गर्दा पनि पार्टीका सबै अंगहरुले संगठन विस्तार गरी अघि बढाउन सकिरहेको छैन । राप्रपा विभिन्न कालखण्डमा फट्कै मिल्दै ग¥यो । यही कारण राप्रपाले देशमा उचित स्थानमा पुग्न नसकेको भविष्यले देखाएको छ । अब त्यसलाई आत्मासाथ गरेर देशभक्त बुद्धिजिवी नागरिकहरुलाई यहि राप्रपाभित्र ल्याउन फराकिलो राजनीतिक विचार लिएर अब राप्रपा अघि बढ्नु पर्ने बेला आएको छ ।
सानातिना कुरालाई लिएर पार्टिका कुनै निकायमा विवाद हुनु हुँदैन । राप्रपाको शैद्धान्तिक धरातल एउटै हो, विचार एउटै हो, भने किन बारम्बार राप्रपामा किन विवाद हुन्छ । यो कुराले हामी जस्ता युवाहरुलाई चिन्तित तुलाउने गरेको छ । विगतमा राप्रपाले नेतृत्वमा सरकार संचालन गर्ने मौकासमेत मिल्यो । देशमा गणतन्त्र स्थापना भए पछि पनि राप्रपाका केही नेता सरकारमा सहभागी भए । जनताले राप्रपाले मन नपराएको होइन । विगतको निर्वाचनमा राप्रपा दुई वटा भएर जनता माझ गए । यो अवस्थामा जनतालाई कुन राप्रपालाई मत दिने भन्ने अवस्था उत्पन्न भयो । आज यो कुरा हामी सबैले गम्भीर रुपमा स्मरण गर्नु पर्ने अवस्था आएको छ । तर ढिलै भए पनि राप्रपा र राप्रपा (संयुक्त) एकिकृत भएका छ । यो एकताले सबैलाई हर्षित तुल्याएको छ । अब आम कार्यकर्तालाई चोट पु¥याउने काम पार्टी नेताहरुबाट हुनु हुन्न । यति वेला राप्रपाको पक्षमा जनलहर छ । राप्रपाको पक्षमा जनतामा उत्साह छ । राप्रपाका सिद्धान्तलाई जनताले आत्मासाथ गरि रहेका छन् । अब अर्काे निर्वाचन सम्म राप्रपालाई हाम्रो पार्टी, जनताको पार्टी बनाउनु पर्छ । यो कुरालाई ठुला नेताहरुले बुझेर अघि बढ्नु पर्छ भन्ने हाम्रो आग्रह हो ।
मुलुकको राजनीतिक अवस्था
मुलुकको राजनीतिक अवस्था चिन्ताजनक छ । यति बलियो सरकार हुँदा पनि जनताको चाहाना अनुसार सरकारले जनताले सोचे जस्तो काम गर्न नसक्दा स्वभाविक रुपमा जनता निरास हुनु र, सरकारप्रति जनतामा त्यत्तिकै वितृष्णा छ । त्यो सरकारकै क्रियाकलापले हो । यस व्रmम देशमा भ्रष्टाचार, अनियमितताका श्रंखला जारी छ । ३५ किलो सनुकाण्ड भयो, त्यो सुन कहाँ गयो जनतालाई देखाउनु पथ्र्याै । यसका अलावा एनसेल काण्ड तत्कालीन संचार मन्त्री गोकुल वास्कतोटाको टेप काण्ड, ललिता निवास काण्डले यस प्रति हामी गम्भीर हुनु परेको छ । यी काण्डै काण्डले देश यसरी चलिरहेको छ भनेर निरास हुनु पर्ने अवस्था छ । सरकार यहि रुपले अघि बढयो भने जनता सहने पक्षमा छैनन् ।
यस क्रममा देशमा जुन किसिमको लकडाउन जनतालाई लादियो, सरकारबाट व्यवाहारिक नभएको यहि कोरोनाको कारण देखाएर अझै भष्टाचारमा सरकार डुबेको अवस्था छ । यो मैले मात्र भनेको होइन, जनताको घर घरमा यो कुरा पुगि सकेको छ । त्यसो त यो लकडाउन हटे पनि कोरोनाबाट सम्पूर्ण नेपाली जनता अझै सजग र सचेत हुनुपर्छ ।
यता हालसालै एउटा प्रमुख मुद्दा उठेको छ । जुन राष्ट्रियतासँग जोडिएको छ । त्यो भनेको नेपाली भु–भाग हो । जुन धेरै वर्ष पहिला नेपालमै रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा हो । यो अहिलेको सरकारले उक्त भु–भाग नेपालको नक्सामा समावेश गर्ने काम ग¥यो । यसमा केपी ओलीलाई सबै नेपालीले धन्यवाद दिनै पर्छ । जति वेला महाकाली सन्धि सम्झौता भयो, त्यति बेला नै यो कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा आपसमा छलफल गरेर मात्रै महाकाली सन्धि गरिनु पथ्र्याे । त्यसैले त महाकाली सन्धि राष्ट्रघातिको रुपमा नेपाली जनताले लिएका थिएभने आज त्यसैको कारणले भारतको हेपाहा प्रवृत्तिको मनोवल कठेर नेपालप्रति गिद्देनजरले हेर्दै आएको छ ।
यतिवेला नेपालमा जल्दो वल्दो विषय भनेको अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) प्रमुख रपमा उठिरहेको छ । यसमा सच्चा देशभक्त नागरिक समाजले घोर विरोध गरिरहेका छन् भने केही केही स्वार्थी समूहको निमित्त सरकारको पक्षको सानो झुण्ड एमसिसि पास गर्नु पर्छ भनेर जोडतोडले लागेको पाइन्छ । यो पारित गर्न सकिएन भने आकास नै खस्छ, पतालै भासिन्छ भन्ने हिसाबले दौडधुपमा व्यस्त रहेको देखिन्छ । यो राष्ट्रपति आँच आउने हो या होइनभन्ने स्पष्ट नभइकन, जनतामाझ नलगिकन एमसिसि पारित गर्न दिनु हुन्न भने मेरो विचार छ । अमेरिकाले एमसिसि छिटो पारित गर्न भनेर नेपाल सरकारलाई दबाब दिइरहेको छ भन्ने सुनिनमा आएको छ । यस विषयमा उसको ठुलो स्वार्थ छ भन्ने हामी तमाम नेपालीले बुझ्नु पर्छ । एमसिसि इन्डोव्यासिक अन्तर्गत हो, होइन त्यो पहिला स्पष्ट हुनु पर्छ र त्यस अन्तर्गत दस्तावेजहरु नेपाली जनताले पहिला हेर्न पाउनु पर्छ । जहाँसम्म एमसिसिबाट गर्ने भनिएको आर्थिक सहयोगको विषयमा त राम्रै हो । तर यो कस्तो किसिमको सहयोग हो । अमेरिकाले जर्बजस्ती पास गर भनेर सरकारलाई दबाब दिदैछ । यसप्रति सचेत नेपाली जनता सजग रहनु पर्छ । – होम भक्त कुरुम्बाङ (लेखक कुरुम्बाङ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हुनुुहुन्छ ।)