स्वयंभु एथलेटिक्सले गर्यो सम्पूर्ण खलाडीहरुको वीमा, ५० हजारको उपचार सुविधा पाउने

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । कोरोना भाइरसको संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै स्वयंभु एथलेटिक्स टेनिङ्ग सेन्टर क्बलले आफ्ना सम्पूर्ण खेलाडि, प्रशिक्षक, सल्लाहकार सदस्यहको वीमा गरेको छ । यदि कोरोना भाइरसको संक्रमण भइहाले औषधि उपचार सहज होस् भन्ने हेतुले प्रत्येक सदस्यले ५० हजार बराबरको उपचार सुविधा पाउने गरी सामुहिक वीमा गराएको क्लबका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनारले जानकारी दिए । क्लबले सम्पूर्ण सदस्यहरुको प्रिमियर ईन्स्योरेन्स कम्पनी मार्फत् वीमा गराएको हो ।
कोभिड १९ को महामारी पछि खेलकुद क्षेत्र प्रभावित भइरहेको बेला वीमाले खेलाडिहरुलाई केही राहत महसुस हुने उनले बताए ।

 

Facebook Comments Box