धार्मिक तथा सामाजिक क्षेत्रमा एक अब्बल ब्यक्ति पं. अमृत प्रसाद पराजुली (कौडिन्य)

खवर पाटी (खोज खबरको अभियान)

काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गा. पा. ५ कोशीपारीमा बि. सं. २०४१ साल असोज १४ गते आइतबारका दिन पिता श्री चन्द्र प्रसाद पराजुली र माता कौशिला पराजुलीका प्रथम पुत्रका रुपमा जन्म लिएका पं. अमृत प्रसाद पराजुली (कौडिन्य) सानै उमेर देखि धार्मिक क्षेत्रमा लागिपरेका छन । उनले आफ्नो कलिलै उमेर देखि भागवत कथा वाचन देखि लिएर कर्मकाण्ड र धार्मिक परामर्शहरु दिने कार्यमा समेत अग्रसर रहिरहेका छन ।
हिजो गाँउघरमा सानै देखि धार्मिक क्रियाकलापमा लागेको देखेर निक्कै चासोका रुपमा हेरीरहेका गाँउलेहरुले आज एक प्रखर धार्मिक गतिविधिमा सक्रिय साथै एक सामाजिक कार्यमा सवल ब्यक्ति पाएका छन ।
बहमणको घरमा जन्म भएपछि पक्कै पनि आफ्नो पारिवारिक वातावरण अनुसार पनि हिन्दू धर्म दर्शनको रितीरिवाज अनुसार कर्मकाण्डको कार्यमा लाग्नु स्वभाविक नै मान्न सकिन्छ । तर पनि आजको परिर्वतनशील अवस्थामा यसरी सानै देखि धार्मिक र सामाजिक क्षेत्रमा लाग्नेहरु थोरैको संख्यामा मात्र पाइने गरिन्छ । उनी भन्छन मैले सानै देखि आफु जसरी धार्मिक र सामाजिक कार्यमा लागे यस्ता मेरा बाबा माताको आसिरवात र प्रेरणाले नै हो र अहिले पनि बाबा आमा भाई र परिवारका सबैबाट पूर्ण साथ सहयोग पाएको छु । म आफुलाई भाग्यमानी सम्झन्छु ।
उनका अनुसार हामीले आफ्नो धर्म संस्कृति र संस्कारलाई जोगाई राख्नका लागि सबै आ आफ्नो स्थानबाट लाग्नु पर्छ किनकी यो हाम्रो जन्मसिद्ध अधिकार र कतब्र्य भित्र पर्दछ ।
हुन पनि कुरा सहि नै हो, आज समाज आधुनिकताको नाममा खै कता कता दौडिरहेको छ । जो जसले जे संस्कार पाएको छ र आफ्नो मौलिक कला संस्कृति र धार्मिक गतिविधि जे जस्तो छ त्यो कार्यमा लाग्नु पर्छ । आजको हिन्दू धर्म दर्शन तथा संस्कार संस्कृतिमा केही बिकृती बिसंगति आएका होलान तर समयमै यस्ता विकृतिहरुको न्यूनिकरण गर्दै आफ्नो संस्कार संस्कृतिलाई जोगाई राख्नु प्रत्येक हिन्दूहरुको दायित्व हो । यस्तै आफ्नो दायित्व निर्वाह गर्ने कार्यमा अग्रसर पं अमृत पराजुलीले आज परेको उनको जन्मदिनको अवसरमा सामाजिक सञ्जाल र फोनबाट जन्मदिनको शुभकामना दिनुहुने सबै भक्तजन र आफ्न्तजनहरुप्रति धन्यवाद ब्यक्त गर्नु भएको छ ।

आज उनको जन्मदिन परेकोले हामी पनि उहाँलाई जन्मदिनको लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ । धार्मिक गतिविधि र सामाजिक कार्यमा उनको सहि कार्यले निरन्तरता पाउन सकोस ।

Facebook Comments Box