बुढीगण्डकीमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले ९ अर्ब कमिसन खाएको कुरा गलत भएको दाबी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले ९ अर्ब कमिसन खाएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । गलत सूचना दिएर गैर जिम्मेवार नवन्न पनि उनले नाम आग्रह गरेका छन् ।
केही दिन अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्धय शेर बहादुर देउवा र प्रचण्डले मिलेर ९ अर्ब कमिसन खाएको दाबी गरे पछि प्रधानमन्त्रीको यो भनाई आएको हो ।
यस अघि नेकपा र काँग्रेसले अलग अलग विज्ञप्ति जारी गरेर यसको खण्डन गर्नै प्रमाणित गर्न चुनौती दिएका थिए ।
नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए ।
बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको भन्दै नामै नलिईकन भट्टराईलाई गैर जिम्मेवार तत्वको रुपमा टिप्पणी गरे ।
सो अवसरमा प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने भएकाले यसमा ध्यान दिन प्रहरी नेतृत्वलाई आग्रह गरे ।

Facebook Comments Box