कोहलपुरको स्मार्ट न्यु सिटी, जहाँदेखि टिकटक बनाउदाँ भाईरल

खवर पाटी (खोज खबरको अभियान)

कोहलपुरको स्मार्ट न्यु सिटी, जहाँदेखि टिकटक बनाउदाँ भाईरल

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ–जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल । हजुर, त्यस्तो ठाउँ हो– कोहलपुरको स्मार्ट न्यु सिटी । कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटीअहिले जतासुकै भाईरल भएको छ । युटुबमा स्मार्ट सिटीको हृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ ।

यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्यपश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढीस्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध गराईरहेको छ ।

२०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भिड बढेको स्थानीयबासीहरु बताउछन ।

यो मध्यपश्चिमर सुदुर पश्चिम क्षेत्रको प्रमुखव्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुलीबत्ती, खानेपानी, नगर बसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ ।
स्मार्ट सिटीबाट नेपालगञ्जका लागि नगर बस आवतजावत गर्ने गर्दछ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तु शास्त्रअनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ भनेर भन्छन, कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य ।

Facebook Comments Box