एलआइसी बाल संमृद्धि बीमा योजना सुरु

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । एलआइसी नेपालले बाल समृद्धि बीमा योजना प्रारम्भ गरेको छ । पुतलीसडक स्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी.बर्णवाल, सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले गत साता संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गर्नुभएको थियो । उक्त योजना अन्तर्गत १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम वहन हुनेछ । अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजना अन्तर्गत बीमाका लागि योग्य हुनेछ । बीमित १६ वर्ष पुगेपछि कुनै शुल्क बुझाउनु पर्ने छैन ।

बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनससहित भुक्तानी हुने यस योजनाको मुख्य विशेषता हो । यदि प्रस्तावकको निधन भएमा प्रत्येक बीमा लेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा भई बीमालेख चालु अवस्थामा रहने एलआईसीका कम्पनि सचिव तथा कानून अधिकृत सुदर्शन गिरीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments Box