भोलिबाट ‘अब जे होला होला’

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । रमाईलो टिभिबाट प्रसारण हुँदैआएको हास्य श्रृंखला ‘जे होला होला’ कोरोनाका कारण केही समय प्रसारण रोकिएको भएपनि भोलि बुधबारबाट ‘अब जे होला होला’ नामबाट प्रसारण हुने कुरा हाँस्य अभिनेता उत्तम केसी नेपालले बताउनु भएको छ । निर्देशक केसीका अनुसार यो श्रृंखला प्रत्येक बुधबार ग्लोबल टिभी र चुईंचुईं पारेर यूट्युब च्यालन मार्फत साँझ ७ः३० बजे प्रसारण हुनेछ । केसीकै लेखन तथा निर्देशनमा तयार भएको श्रृंखलाको प्रोमो सोमबार सार्वजनिक भएको छ ।

श्रृंखलामा उत्सव केसी श्रृंखला निर्देशकको रुपमा आवद्ध छन् । सामाजिक विषयवस्तुलाई हाँस्य शैलीमा उतारिएको उक्त श्रृंखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । ज्ञान कुमार कट्टेलको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने दुर्गा केसी निर्माता हुन् ।

Facebook Comments Box