बालुवाटारमा सत्ता गठबन्धनको बैठक

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सत्ता गठबन्धनको बैठक मंगलबार बालुवाटारमा बस्दैछ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणासहितका विषयमा छलफल हुने जनाइएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन गर्नु पर्ने बेला आए पनि मिति तोकिएको छैन ।

सत्तागठबन्धनका पाँच दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन् । प्रधानमन्त्री पनि उक्त समितिको बैठकमा उपस्थित हुने गर्छन् ।

समितिको बैठकमा संघीय संसद सुचारु गर्ने र माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।

सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

Facebook Comments Box