वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको गरिएको हो ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागमा मङ्गलबारदेखि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रहरी टोलीले विभागसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । भ्रमण भिसामा नेपाली युवालाई विदेश पठाएर खाडीलगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।

सो टोलीले यस विषयलाई समेत निगरानी गर्ने विभागले जनाएको छ । विभागका अनुसार प्रहरी टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ ।वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । ऐनअनुसार गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा प्रहरीको अनुसन्धान ब्युरोबाट प्रहरी टोली पठाइएको हो ।

Source गोरखापत्र

Facebook Comments Box