फुलाराको उपन्यास ‘वासुदा’ लोकार्पण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । युवा साहित्यकार भीष्मराज फुलाराको चौंथो कृति वासुदा उपन्यास लोकार्पण भएको छ । साहित्यकार नवराज लम्साल , समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको हो । ज्ञाननिष्ठ ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा संघर्ष , प्रेम र उद्देश्यको त्रिवेणी रहेको प्रमुख वक्ता ज्ञवालीले चर्चा गर्नुभयो।

नवराज लम्सालले लेखकलाई शुभकामना दिनुभयो । लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको कुरा व्यक्त गरे । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको चर्चा गरे । कार्यक्रमको आयोजना फुलारा लिटरेचर फाउन्डेसनले आयोजना गरेको हो ।

Facebook Comments Box