नेपाल र भारतबीच सचिवस्तरीय बैठक सुरू

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरू भएको छ । आज (बिहीबार) काठमाडौंमा सुरू भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल सुरू भएको हो । आजबाट सुरू भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुने बुझिएको छ । बैठक भोलि (शुक्रबार) सम्म चल्नेछ ।

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी छन् भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी छन्
Facebook Comments Box