भ्लादिमिर पुटिन एक अपत्यारिला नेता, जसबाट विश्व त्रसित छ

खवर पाटी (खोज खबरको अभियान)

विश्व जगतमा विस्तारै चर्चामा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यतिबेला युक्रेनको युद्धका कारण चर्चामा छन् । रुसले छिमेकी युक्रेन माथि एक्कासी गरेको आक्रमपछि रुसी राष्ट्रपतिको अपत्यारिलो कदम प्रति विश्वजगत नै अचम्बित र त्रसिद समेत बन्न पुगेको छ । युक्रेन युद्ध पुटिनले चालेको महत्वकांक्षी र विश्व हल्लाउने किसिमको गम्भीर राजनीतिक कदम हो । जसले आधुनिक विश्वलाई नै नयाँ निचोडमा पु¥यनउने चर्चा समेत गरिन थालेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अपत्यारिला कदम चाल्ने नेता हुन् । उनको राजनीतिमा पाइला नै अपत्यारिलो खालको थियो । कदमहरु पनि अपत्यारिला हुँदै आएका छन् ।

रुसको तत्कालीन गुप्तचर संस्था केजीबीका उच्च अधिकारी पुटिन सामान्य जीवन बिताउन थालिसकेका थिए । उनी दुनियाँका सुन्दर ठाउँहरु घुम्दै सेवानिवृत्त पछिका समय बिताइरहेका थिए । तर, रुसी गुप्तचर संस्थाका अधिकारीहरुले उनलाई निकै सम्झाएर ल्याएका थिए ।

एउटा यस्तो दिन थियो कि पुटिनलाई जिम्मेवारीमा ल्याउन रुसी गुप्तचर निकायका केही अधिकारीहरुले दिनभर सम्झाएका थिए । पेरिसमा बिदा मनाइरहेका पुटिन बल्लतल्ल तयार भए । पुटिनको त्यो आगमनले उनको जीवनलाई मात्र बदलेन रुसको भविष्यलाई नै बदल्यो ।

तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिनको विश्वास जित्न सके पुटिनले । यल्तसिनको परिवार ठूलो समस्यामा पर्न लागेको थियो । भ्रष्टाचारको अभियोगको तयारी समेत भइसकेको थियो । पुटिनको रणनीतिक चार्तुयताले उनीहरु जोगिन सफल भए । यत्तसिनले पुटिनलाई तान्दै लगे । कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिए । यो कदमबाट धेरै रुसीहरु आश्चर्यचकित भएका थिए ।

रुसको राजनीतिमा खासै नछाएका पुटिनले चेचेन्याका विद्रोहीलाई दबाउन सके । पुटिनलाई लोकप्रीयताको शिखरमा पुर्याउन त्यहाँको मिडियाले भूमिका खेले । पूर्वकर्मचारी पुटिनले राज्यको महत्वपूर्ण निकायहरुमा प्रभाव मात्र जमाएनन् कर्मचारीतन्त्र र ठूलो व्यवसायीको विश्वास पनि जित्न सके । यसले उनलाई राष्ट्रपतिको चुनाव जितायो । रुसको इतिहासको शक्तिशाली शासक मध्ये बनायो ।

पुटिनले सोभियत संघ विघटनपछि कमजोर रहेको रुसलाई पुनः शक्तिशाली बनाउँदै लगे । यो चालै नपाउने तर तिव्र गतिको थियो । रुस महाशक्ति अमेरिकालाई कडा चुनौती दिने स्तरमा पुग्यो । यतिसम्मकी अमेरिकी राष्ट्रपति चुनावमा समेत पुटिनले भूमिका खेल्दा डोनाल्ड ट्रम्प जितेको विषय उठ्यो । अमेरिकामा यसबारे छानबिन नै भयो ।

रुसले यूरोपमा प्रभाव बढाउँदै लग्यो । सिरिया, उत्तर कोरिया, भेनेजुएला, क्युबालगायत देशहरुमा उसको प्रभाव छँदै थियो । उत्तर र दक्षिण अमेरिकामा प्रभाव बढाउन थाल्यो । अफ्रिकामा पनि प्रभाव बढाउँदै लग्यो । दक्षिण एशियामा पनि रुसको प्रभाव बढ्न थाल्यो । पुटिन भित्र भित्र आक्रामक बन्दै गएका थिए । अफगानिस्तानमा तालिवानको प्रयोग गरेर अमेरिकी सैनिक फिर्ता हुने अवस्था निर्माण गरे । यसरी पुटिन प्रभावशाली बन्दै गएपछि अमेरिकालगायत कतिपय यूरोपेली देशहरु झस्किन थाले ।

रुसले पेट्रोलियम पद्धार्थ र ग्याँसबाट मनग्गे आर्जन गर्न थाल्यो । यूरोपमा ग्याँस पाइपलाइनको विस्तार गर्न थाल्यो । विशेषगरी समुन्द्रमुनीको नोरडस्टर्म २ नामको जर्मनीसँगको ग्याँस पाइपलाइन यूरोपमा तरंग ल्याउने खालको थियो । उक्त ग्याँसपाइपलाइनबाट रुसले सस्तो मूल्यमा जर्मनीलाई ग्याँस आपूर्ति गर्न बनाएको थियो । त्यसप्रति अमेरिकाको चासो बढ्यो । पश्चिम यूरोपमा प्रभाव बढ्ने ठानेर रोक्न खोज्यो । यो रुस र युक्रेनको युद्धको कारणमध्येको एक थियो ।

अहिले रुसले युक्रेनमाथि सैन्य नियन्त्रण बढाउँदै लगेको छ । रुसी सैनिकहरु युक्रेनको मुख्य शहरमा छिरेका छन् । रुसले युक्रेनको दुईवटा राज्य टुक्राइदिएको छ । यद्यपि, विश्व समुदायले त्यसलाई मान्यता दिएको छैन । रुसले क्रिमियामाथि नियन्त्रण बनाउँदैन भन्ने धेरैलाई लागेको थियो । तर, पुटिन आक्रामक रुपमा अगाडि बढे ।

युक्रेनमाथि हमला गर्दैन भन्ने आँकलन गरिएको थियो । तर, रुस अगाडि बढ्यो । अहिले पुटिनले आणविक हतियार प्रयोग गर्दैनन् भन्ने धेरैको अनुमान छ । तर, पुटिनको अपत्यारिलो कदमहरुले धेरैलाई सतर्क बनाएको छ ।

अमेरिकासहित यूरोपका कतिपय देश आवद्ध नाटोका देशहरुले युक्रेनमाथि रुसको आक्रमणको प्रतिकार गर्ने भनेपछि पुटिनले आणविक हतियारसम्बन्धि फौजलाई उच्च सतर्ककतामा राखिसकेका छन् । रुसका रक्षामन्त्री र सैनिक प्रमुख अगाडि राखेर पुटिनले कडा निर्देशन दिएका छन् । यसबाट विश्वमा तरंग आएको छ ।

रुससँग ६ हजारभन्दा बढी आणविक हतियार रहेको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांक छ । यो विश्वमा रहेको कुल आणविक अस्त्रको आधा हो । रुसपछि अमेरिकासँग साँढे ५ हजार, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० आणविक हतियार रहेको तथ्यांक छ ।

विश्वकै शक्तिशाली आणविक हतियार रुससँग रहेको उल्लेख छ । रुसले सन् १९६० को दशकमा परीक्षण गरेको जार बमभन्दा दोब्बर शक्तिशाली आणविक हतियार विकास गरेको सूचनाहरु खुलेका थिए । सन् २०१५ मा रुसले १०० मेगाटनको आणविक बम विकास गरेको उल्लेख छ । जार बमको परीक्षण हुँदा १००० किलोमिटरसम्म असर गरेको थियो । झण्डै सय किलोमिटर क्षेत्र ध्वस्त भएका थिए । जार बमभन्दा दोब्बर शक्तिशाली बलमे २००० किलोमिटरभन्दा बढी क्षेत्र ध्वस्त पार्ने अनुमान गरिएको छ । पुटिनको हातमा यति खतरनाक हतियारको बटन छन् ।

पुटिन यसरी नै अगाडि बढेमा उनको हातमा रहेको आणविक हतियारको बटन दबाइदिन सक्छन् । उनले कुनैपनि देशमाथि खतरनाक आक्रमण गर्न सक्छन् । त्यो विश्वकै लागि घातक बन्न सक्छ । सयौं किलोमिटर ध्वस्त पार्न सक्ने आणविक हतियार भएको रुसको पछिल्लो आक्रामक कदमहरु यसकारण खतरनाक बन्दै गएको छ ।(एजेन्सीको सहयोगमा

Facebook Comments Box