नेप्सेमा ४३ अंक गिरावट

खवर पाटी (खोज खबरको अभियान)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार-चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । उक्त मूल्य बराबरको सेयर आज ५४ हजार पटक कारोबार भएको हो ।

परिसूचक दोहोरो अंकले घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ ।
बजार उच्च अंकले घटेको दिन नेप्सेमा सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो । यसअघि, मिलिनियम च्यालेन्ज कर्पोरेशन मामिलामा भएको विवादले प्रभावले बजार घट्दै आएको बताइए पनि यसको किनारा लाग्दासमेत बजार घट्ने क्रम नरोकिएको हो ।
Facebook Comments Box