व्याख्यात्मक घोषणा भ्रम मात्रै होः नारायणकाजी

खवर पाटी (खोज खबरको अभियान)

नेकपा माओवादी केन्द्रका केही नेताहरुले यो राष्टघाती सम्झौताका रुपमा लिएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना पास भएको दिनलाई कालो दिन भएको बताएका छन् ।  माओवादीसहित ५ दलीय सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको भएपनि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

एमसिसी संसदबाट अनुमोदन भएपछि उनले भने, ’अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’

उनले व्याख्यात्मक घोषणालाई सुनियोजित रुपमा देशभक्त जनतालाई भ्रम छनु बाहेक अरु केही नभएको संज्ञा दिए । राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदनविरुद्ध सम्पुर्ण देशभक्त शक्तिहरु र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर अघिबढाउन आह्वान गरे ।

Facebook Comments Box