पृथ्वीनारायण

खवर पाटी (खोज खबरको अभियान)
        पृथ्वीनारायण
पृथ्वीनारायण भन्नु हुन्थ्यो
“प्रजा मोटा भया दरवार बलियो हुन्छ “
हामिले बुझ्यौ”जनता जान्ने सुन्ने भए, ! लोकतन्त्र नै धरापमा पर्छ।
 लोकतन्त्र लाई न हिजो कसैले बुझ्यो! न आज कसैले बुझ्या छ ,
नत भोलिको आषा छ कसैमाथि !?
शिवाय,,,केहि थान कथित नेता !?
 त्यसै आज देश धरापमा पर्या छ !?
वित्थ्यामा बाजे बर्बरायछन्!!!प्रजा मोटा भया दर्वार हुन्छ?
 उहिलेका कुरा खुईले बाजे खुईले ।
 पृथ्वीनारायण भन्नु हुन्थ्यो” उद्योग गर्नु, कारखाना खोल्नु”
हामिले वुझ्यौ “कारखानाले रेमिट्यान्स दिदैन”
यसो वैंसमा विदेश तिर नलागे, देश घुम्ने र मुख फेर्ने कहिले ?
 कारखाना पनि नखोलेको त हैन हौ बाजे ! छ त अझैं सम्म
केहि अवशेष हरू ! हेर्नि हो बाजे ?
 आफु चाहि एकै ठाउमा औलो ठड्याएर वसिदिनि !
 तपाई ले भनेको मान्दै नमानेको चाहि हैन क्या! बाजेएए पनिईईई !।
  पृथ्वीनारायण भन्नु हुन्थ्यो ” घुष खान्या र दिन्या देशका शत्रु हुन”…।
हामिले बुझ्यौ” राजनिति मा कोहि पनि स्थाईरूपमा सत्रु मित्रु हुदैन” ।
होला बाजेका पालामा त्यो फर्मुलाले काम गरेको होस् ।
तर आज परिस्थिति आकास पातालको फरक छ ।
आज घुष खान पनि घुष ख्वायर, घुष खाने ठाममा पुग्नु पर्छ।
घुष एक्लै खाने होर !?  घुष बांडेर खायसि दोष लाग्दैन।
 घुष खाने र घुष ख्वाउने मिलिजुलि वसेको देश नेपालै त हो।
 यसमा त पृथ्वी बाजेकै ठुलो देन छ।
बाजे ले डल्लै छोडेको देश, डल्लाको डल्लै छ त।
जय पृथ्वीनारायण शाह, जय देश जय जनता।
पैला पैला बाजेले भने”…” हिजो अस्ति बाले भने “…”।
बाले के भने भन्नु होला, बाजे र बा मा खासै अन्तर  रहेन ।
बा ले भन्नु भा थ्यो “म घुष खांदा नि खान्न, खान नि दिन्न “
 बाजेले ठांउका ठांउ पारिदिन्थे घुष खाने लाई ।
थोरै अन्तर रह्यो बाजे र बा मा ।
बाले ठाम ठाम्मै पार्याछन् घुष खाने लाई ।
 यस्मा पनि पृथ्वी नारायण बाजेकै देन छ ।
 जस्ले डल्लै देश सुम्पियर गए ।
 आज पनि देश डल्लाको डल्लै छ त ।
 जय पृथ्वीनारायण शाह, जय देश ,जय जनता, ।
 श्रीकृष्ण भारती
चन्द्रागिरि नगरपालिका वडा नम्बर १
Facebook Comments Box