पाँच महिनापछि सर्वोच्चमा संवैधानिक इजलास

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । स‌ंवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।१ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।

Facebook Comments Box