छुट्टिनृु पर्दा श्रीदेव र जेविकाले भोगेको पीडा बाहिरियो

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

नायक नायिका तथा मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको पीडा सार्वजनिक भएको छ । जेबिकासँग अचानक छुट्टिनु पर्दा श्रीदेवको जिन्दगी नै उजाडिएको खुल्न आएको छ ।

यो उनीहरुको वास्तविक जीवनको भोगाइ नभएर अभिनय मार्फत प्रस्तुत गरेको एक म्युजिक भिडियोको कथा हो । “पीडा” बोलको गीतमा श्रीदेव र जेबिका पहिलो पटक देखिएका हुन । उनीहरुको जोडी भिडियोमा जमेको छ । श्रीदेव र जेबिका दुबै फिल्म र मोडलिङमा सक्रिय छन् । श्रीदेवले भाइमारा, न्यु जेनेरेसन, छल, चाल, विरानो माया, सुकुलगुण्डा, कुइनेटो, चिठ्ठी लगायतका चलचित्र र बैगुनी रैछौ मायालु, तिमी मेरो पूजा, क्या बात, ऐलान, माया केबल माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका छन । अनुशाषित नायक अवार्डधारी श्रीदेवको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको थियो । पछिल्लो समय ब्यस्त जेबिकाले अभिनय गरेको चलचित्र हिजो आजका कुरा रिलिज हुने क्रममा छ । उनले गुलेली लगायतका थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन ।

“पीडा” गीत सरोज कोइरालाको स्वर तथा संगीतमा सजिएको छ । स्थापित सञ्चारकर्मी समेत रहेका सरोजको स्वर तथा संगीतमा दुई दर्जन बढी गीत रेकर्ड भइसकेका छन् । सिताराम कोइरालाले लेखेको गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यसै गीतमार्फत उनी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका छन् । यो उनको पहिलो गीत हो । गीतमा राजेन्द्र बजगाईको संगीत संयोजन छ । काभ्रेको भकुण्डेबेसी र पातले खेतका रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन ऋषि बराल “श्रीजन” ले गरेका हुन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *