एमालेको सिट घट्यो, जनमत घटेन: सचिव अर्याल

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् । तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ ।

‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्नाले हाम्रो सिट सङ्ख्या केही कम भयो’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *