प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो : गगन थापा

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण भएको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउँदै प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।

कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे । उनले प्रधानमन्त्री सम्पूर्ण रूपमा अल्पमतमा परेको बताउँदै उनले छिटोभन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउँदै उनले आफूहरूले केही दिन कुर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *