एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भने, ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’ उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश हुँदा एउटा पनि ताली नबजेको भन्दै कार्यक्रममा जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको बताए । ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक कुटनीतिक हिसावले अप्ठेरोमा छ । तर हामी अप्ठेरोमा छौं यसरी अघि बढ्छौँ भन्ने कार्यक्रममा केही छैन’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीको भनाइ छ ।
Facebook Comments Box