क्यानाडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – क्यानाडा भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिमले घरेलु टोली क्यानाडाविरुद्ध जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानु अघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो । स्कटल्यान्डमा नेपालले स्कटल्यान्ड र नामिवियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *