देउवाको दौडधूप बढ्यो, प्रचण्ड भेट्न खुमलटार

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । एमसीसी पास गर्नुलाई प्रतिष्ठाको विषय बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधूप बढेको छ । उनले आज विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

देउवाले प्रचण्डलाई खुमलटारस्थित निवासमै भेटेका हुन् । दुई नेताको भेट एमसीसीलाई निकास दिनेबारे केन्द्रित भएको बुझिएको छ ।

देउवा एमसीसी पास गर्ने वा सत्ता गठबन्धनको विकल्प खोज्ने अवस्थामा पुगिसक्दा भेट भएको हो । उनले १० फागुनको साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुराकानी गरेका छन् ।

५ फागुनमा देउवा ओलीलाई भेट्न बालकोटस्थित निवासमै पुगेका थिए । देउवाले ओली र प्रचण्डसँग बालुवाटारमा संयुक्त बैठक पनि गरिसकेका छन् ।यसैगरी, एमसीसीलाई निकास दिनुपर्ने समय सकिन ५ दिन मात्र बाकी छ । १६ फागुनभित्र टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ ।

Facebook Comments Box