काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ निस्काशन गरेको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर आईपीओ लागि आजदेखि विक्रि खुला भएको हो ।
कुल आइपीओ मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
Facebook Comments Box