समानुपातिकतर्फको उम्मेदवारी दर्ता आजदेखि

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

रामहरि गिरी

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका  लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले शुक्रबारदेखि निवेदन दर्ता गराउँदैछन्। निर्वाचन आयोगले दुवै सभाका  लागि  शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगको   कानुन  तथा  राजनीतिक दल  व्यवस्थापन  महाशाखाका  प्रमुख  यज्ञप्रसाद  भट्टराईले  शुक्रबारदेखि  आइतबारसम्म तीन दिन राजनीतिक दलको  निवेदन  दर्ता  गर्ने व्यवस्था गरेको बताए।

आयोगले गत  साउन  २२  देखि  ३१  गते  सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये   समानुपातिकतर्फ भाग  लिन  चाहने दलले  मुख्य  निर्वाचन अधिकृतको  कार्यालयमा निवेदन दिनुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको  कार्यालय  आयोगमै स्थापना  भएको छ।  प्रतिनिधिसभा  र  प्रदेश  सभा  सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

एकल  चुनाव  चिह्न लिई  संयुक्त रूपमा  निर्वाचनमा सहभागी  हुनेगरी आयोगमा दर्ता भएका  दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने छन्। दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेशसभा  सदस्यको समानुपातिकतर्फ  प्रत्येक प्रदेशका  लागि  छुट्टै निवेदन  दिनुपर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *