काठमाडाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनकाे नाममा ऋण नलिने स्षष्ट पारेका छन्। काठमाडाैँमा बिहीबार भएकाे जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका एजेन्डाहरू बारे भएकाे छलफलमा मन्त्री यादवले आफ्नाे मन्त्रालयमार्फत् जलवायु परिवर्तनका नाममा ऋण नलिने बताएका हुन्।
‘जलवायु परिवर्तनमा हाम्राे भूमिका नगन्य छ र हामी जाेखिमकाे अग्रपंक्तिमा छाैँ’, मन्त्री यादवले भने, ‘हामी सहायता लिन्छाैँ ऋण लिँदैनाैँ।’ हालै अर्थ मन्त्रालयले विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण सम्झाैता ‘हरित, उत्थानशीलता र समावेशी विकास’का नाममा गरेपछि चाैतर्फी आलाेचना भइरहेकाे छ।
यसै सन्दर्भमा मन्त्री यादवले आफ्नाे मन्त्रालयकाे धारणा, जलवायुका मुद्दामा ऋण नलिने रहेकाे बताए। आउँदाे नाेभेम्बर पहिलाे हप्तामा इजिप्टमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कप-२७ हुँदैछ। यसकाे तयारी मन्त्रालयले तीव्र गतिमा गरिहरेकाे र सबै पक्षकाे सुझाव तथा सल्लाह समेटिने मन्त्री यादवले बताए।