चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनमा नवल खड्काबाहेक कसैले पनि अध्यक्षमा दाबेदारी नगरेपछि खड्का निर्विरोध भएका हुन् ।

चलचित्र निर्माता संघमा बाँकी पद पनि निर्विरोध चुनिएको छन् । तर संघले शनिबार हुने साधारण सभामा औपचारिक घोषणा गर्दैछ । तर स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा रोज राणा फेरि दोहोरिएका छन् भने महासचिवमा सुनिलकुमार थापा थपिएका छन् । त्यसैगरी कोषाध्यक्षमा ज्योतिराज राई सर्वसम्मत भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *