सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

समाचार
खवर पाटी (खोज खबरको अभियान)

न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको कानुनमन्त्री एवं न्यायपरिषदका सदस्य गोविन्द बन्दीले जानकारी दिए।

सर्वोच्च अदालतका लागि न्यायपरिषदले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने संवैधानिक व्यवस्था  छ। संसदीय सुनुवाइबाट अनुमोदन भए राष्ट्रपतिबाट उनीहरू नियुक्त हुनेछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *