आज मन्त्रिपरिषद बैठक: कोरोना संक्रमण नियन्त्रणबारे छलफल हुने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणबारे छलफल हुनेछ ।

यसअघि गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समिति खारेज गर्नेबारे आधिकारिक निर्णय हुने स्रोतको भनाइ छ ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमण बढ्न थालेपछि अबको रणनीति तय गर्नेबारेमा मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।

Facebook Comments Box