थप ३८० जना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगे

खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ । नेपालमा थप ३८० जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । यसमा ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज हुने ११७ छन् । महिला ८ र पुरूष १०९ पुगकाे छ । याेसँगै कुल डिस्चार्ज एकहजार १५८ पुगेकाे छ ।

काेराेना भाइरस ७३ जिल्लामा फैलिएकाे छ । झापा १, पाँचथर १, सुनसरी र सिराहामा दुईदुई जना, रौतहटमा २८, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व २, वाग्लुङ १,तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कन्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाँची ३, रुपन्देशी १, दैलख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाँची ६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १ ,रोल्पा १, रौतहट १४, रुपन्देही ३, सर्लाही १६ पुगेको छ ।

काठमाडाैंमा थप एक सङ्क्रमित

यस्तै काठमाडाैंमा थप एकजना महिला सङ्क्रमित भएका छन् । रेड जोनमा ५०३ जना रहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box