निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजपनि बयान दिने भएका छन्। संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग आज आइतबार पनि बयान लिन लागेकाे हाे।

प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो। सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *