म्यादी प्रहरीमा भर्ना खुल्याे, १ लाख १५ हजारलाई अवसर

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – आगामी प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनका लागि १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेकाे छ। यही मंसिर ४ गते एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले साे संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेकाे हाे। भर्नाकाे लागि यहीँ भदौ ३० देखि असोज ६ गतेसम्म आवश्यक याेग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सकिनेछन्।

दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरसहित सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *