दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

नयाँदिल्ली । भारतका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा केही समय अघि केजरीवाललाई हिरासतमा लिइएको थियो । केजरीवालको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भएको आरोप लगाएको थियो ।  

सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने र मुख्यमन्त्री कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।

दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उनको स्थान लिनेछिन् । ४३ वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताइन् । -(रासस/एएफपी) 
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *