संघीयताले विकेन्द्रीकरणलाई सार्थक बनाउँदै लगेको छ : श्रीराम श्रेष्ठ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । नुवाकोटको विदुरमा नेपालमा संघीयता अवसर र चुनौतीहरु विषयमा विचारविमर्श गरिएको छ । नेपाली कांग्रेस नुवाकोटको संगठन विभागको आयोजनामा यस सम्बन्धी छलफल गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले नेपालमा संघीयता अवसर र चुनौतीहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा नेपालको सन्दर्भमा संघीय व्यवस्थाले अवसर तथा चुनौती दुवै प्रदान गरेकोछ जनार्ईको छ । सघीय व्यवस्थाको अवलम्बन कुनै कुनै खास अवसर प्राप्त गर्नका लागि गरिन्छ भने त्यसले स्वतः चुनौती पनि खडा गर्न सक्ने तर्फ कार्यपत्रले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । उहाँले जनताले चाहेअनुसारको राज्यशक्ति स्थानीय र प्रदेशमा केन्द्रीत गर्न र विकेन्द्रकरणलाई सहज बनाउँन संघीयताले महत्वपूण भूमिका खेलेको जिकिर गर्नुभयो । कार्यपत्रमाथि प्रजातान्त्रिक विचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपाल, लेखक नारायण नेपाल, नेपाली कांग्रेसका महासमिति सदस्य शान्ति लामा लगायतले टिप्पणी गर्नुभएको छ । टिप्पणीकर्ताहरुले संघियताको अभ्यासले बिकेन्द्रिकरणलाई सार्थक तुल्याउँदै गएकोले यसका कमजोर पक्षहरु सुधार गर्दै सुद्रिण संघिय ब्यवस्था अबलम्बन गर्न सकिने वताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका वागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले संघियता अभ्यासकै चरणमा भएकोले यस सम्बन्धमा आम नागरिकमा चासो रहेको वतउनुभयो । संघिय ब्यवस्था अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार विकेन्द्रिकरणमा राजनीतिक दल तथा राज्यले समेत कञ्जुस्याई गरिरहेकोले त्यसलाई सुधार गर्नुपर्ने श्रेष्ठको भनाई छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाली कांग्रेसका नेताहरु नारायण नेपाल, सम्झना सेढाई लगायतले पनि नेपालमा संघीयता अवसर र चुनौतीहरु विषयमा आफ्ना धारणा राख्नुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *