‘नक्सालमा ग्रेडिङ्ग सम्पन्न,सक्षम,पुज्यता उत्कृष्ठ र शक्ती उदयीमान’

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १६ साउन,
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा जुनियर ग्रेडिंग ( पेटी परिक्षा ) गत सोमवार एक बिशेष कार्यक्रम बिच सम्पन्न भएको छ । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन-बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो । ग्रेडिङ्गमा अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ दिपक राज चनारा,सक्षम तामाङ्ग,पुज्यता जोशी,शक्ती तामाङ्ग,सुजित गोले,बियन्सा त्रिपाठी उत्तीर्ण भएकाछन । त्यसैगरि हाफ ग्रीन बेल्ट देखि ग्रीन वेल्ट तर्फ सरिक कार्की उत्तीर्ण भए भने जेशन न्योपाने सेकेण्ड ब्राउन देखि फस्ट क्यु ब्राउन बेल्टमा उत्तीर्ण हुन सफल भए । १५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ ले लिएका थिए । पुरुष तर्फ सक्षम लामा र महिलामा पुज्यता जोशी उत्कृष्ठ खेलाडि भए भने उदयीमान खेलाडि शक्ती तामाङग घोषित भए । उत्तीर्ण हुन सफल खेलाडिहरुलाई नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाङगी,उपस्थित नकसाल डोजोका पदाधिकारी,अभिभावक लगायतले अविर,प्रमाण-पत्र तथा बेल्ट बितरण गर्नुभयो । उक्त कार्यक्रममा नक्साल डोजोका पदाधिकारीहरु, अभिभाबक, बिभीन्न मिडियाका पत्रकारहरु लगायत खेलप्रेमी महानुभावहरुको उपस्थिती रहेको थियो । बिगत २५ बर्ष देखि सन्चालनमा रहेको नेपाल कै प्रख्यात डोजो नक्साल को विभिन्न शाखाको रुपमा काठमाण्डौ उपत्यकामा ज्ञानेश्वर डोजो, मनमानेश्वरी डोजो,बिग वुध्द डोजो,भगवती डोजो र उपत्यका बाहिर सिमरा डोजो र गढिमाई डोजो ,महेशपुर डोजो सन्चालनमा रहेको छ भने गत जेठ महिनामा नक्साल डोजोको बार्षिक कार्यक्रम अनुशार १० ओै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको बृहत आयोजना समेत गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *