चिनियाँ नेतृत्वसँग तातोपानी भन्सार सुचारु गर्न पहल गरौं

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली सोमबार नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा उनको नेपाल भ्रमण हुँदैछ । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ तय भइसकेको छ । अध्यक्ष ली र सभामुख सापकोटाबीच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गरेका थिए । दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उनीहरूको निष्कर्ष थियो । भ्रमणका क्रममा सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ । भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । र केही ठोस निष्कर्ष समेत निस्कने अनुमान गरिएको छ ।

परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र टेबुल वार्तामै सम्झौता हुने संसद सचिवालयका अधिकारिले भनेका छन् । त्यस्तै, संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुने बताइएको छ । भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ । गत चैतमा भएको भर्चुअल संवादमा सभामुख सापकोटाले तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए । कोभिडपछि सीमित परिमाणमा आयात–निर्यात भइरहेको भन्दै नाका सहज ढंगले सुचारु गर्न सापकोटाको आग्रह थियो । संवादमा अध्यक्ष लीले खासा, केरुङलगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताएका थिए । त्यसपछि लि को हुन लागेको यो उच्चस्तरीय र महत्वपूर्ण नेपाल भ्रमण हो । ०७२ सालको भुकम्प देखि नेपाली सामान आयात गर्न तातोपानी भन्सारमा समस्या उत्पन्न भइरहेको छ । भन्सार नाका र अन्य समस्याहरु समाधान गर्न नेपाली पक्षले चिनियाँ उच्चस्तरीय भ्रमणको समयमा जोडदार कुरा उठाउनु आवश्यक देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *