यस्तै त्यस्तै
‘जय होस् हजुर !’ बोराले
‘ठिक छ ! ठिक छ !’ सुत्ली
‘के कामले आयौ ?’ सुत्लीले नै ।
‘तिमीसँग टाँसिने अहिले फुर्सद छैन मलाई ।’ व्यस्त भएझैँ बोली सुत्ली ।
‘हजुर ! त्यही काम मात्र हाम्रो गाँसो हो र हजुर ।’ बोराले मधुर स्वर गुन्जाए ।
‘आयो गयो माया मोहो आएन गएन को हो को हो भन्ने भनाइ छ नि हजुर ! यसैले दर्शनभेटको मात्र आशय हो मेरो । त्यसो त हजुरविना म, मविना हजुर रहने कुराको कल्पनासम्म पनि त कस्तो हो र नि हजुर !’ बोराले मह भरे कुरा कुरामै ।
सुत्ली र बोराका कुराकानी चल्दै गए । जति जति यिनीहरुका कुरा चले विकास भरिँदै गए । बोरामा सुत्ली कसिएकै थियो तर बोराभित्रका विकासचाहिँ पानीमा परेका नुनका ढिकाझैँ पग्लिँदै गए … लगातार पग्लिँदै गएका थिए र छन् अहिलेसम्म नै ।
– युवराज मैनाली
Facebook Comments Box